महालक्ष्मीको प्रतिसेयर आम्दानीलाई पुँजी वृद्धिको दबाब


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
महालक्ष्मीको प्रतिसेयर आम्दानीलाई पुँजी वृद्धिको दबाब

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको प्रतिसेयर आम्दानीले दबाबको सामाना गरेको छ । पुँजी वृद्धि हुनु, त्यस अनुपातमा नाफा वृद्धि हुन नसक्नु लगायत कारणले प्रतिसेयर आम्दानी पनि खस्किएको हो । बैंकको प्रतिसेयर आम्दानी ९४ पैसाले घटेर १३ रुपैयाँ ९२ पैसामा आएको छ ।

महालक्ष्मीको खुद नाफामा सामान्य (१.१२%) मात्रै सुधार आएको छ । यता, चुक्ता पुँजी भने ७.९९% ले बढेको छ । खुद ब्याज आम्दानी ६०.०६% ले बढेर ४० करोड ३० लाख ५० हजार रुपैयाँ भएको छ । सञ्चालन नाफा भने १.८५% ले घटेको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा छ ।

Read More
  • MBL