अनलाइनको भद्रगोलप्रति सार्वजनिक कार्यक्रममै प्रश्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनको भद्रगोलप्रति सार्वजनिक कार्यक्रममै प्रश्न

काठमाण्डौ । सेयरको अनलाइन कारोबार प्रणालीलाई चुस्त दुरुस्त बनाउन नेप्से नेतृत्वले गरेको लापरबाहीको विषयमा सार्वजनिक कार्यक्रमहरुमै पनि प्रश्न उठ्न थालेको छ । 

नेप्सेले अनलाइन कारोबार प्रणाली विश्वस्तरीय रहेको दाबी गर्ने गर्छ । तर, त्यसकै नियामक धितोपत्र बोर्डका एक अधिकारीले भने नेप्सेको अनलाइन प्रणालीको भद्रगोल अवस्थाप्रति सोमबार एक कार्यक्रममा घुमाउरो र तीखो प्रहार गरेका छन् । 

नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नवराज अधिकारीले विश्वका अन्य स्टक एक्सचेञ्जमा अनलाइन आएपछि कारोबार रकम ३ गुणासम्म बढेको, तर नेपालमा उल्टै घटेको भन्दै प्रश्न गरे । 

नेप्सेको अनलाइन कारोबार प्रणाली भद्रगोल भएको ४ महिनापछि धितोपत्र बोर्डबाट गठित अध्ययन समितिको संयोजक पनि हुन अधिकारी । स्रोतका अनुसार उनी नेतृत्वको समितिले हालको अनलाइन प्रणालीले लगानीकर्ताको विश्वास गुमाएको निश्कर्ष निकाल्दै बैंक खाता र डिम्याट खाता इन्टिग्रेसन गर्नुुपर्ने सुुझाव दिएको थियो । यति मात्र हैन नेप्सेले अनलाइन सिस्टमको यूूएटी र आइएसओ प्रमाणपत्र लिन भनेकोमा आजका मितिसम्म नेप्सेले माथिका सुुझाव कुनै पनि कार्यान्वयन गर्न चासो दिएको छैन ।#

Read More