गुडविल फाइनान्सले २५ करोडको ऋणपत्र बिक्रि गर्ने, यस्ता छन लगानीकर्तालाई फाइदा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गुडविल फाइनान्सले २५ करोडको ऋणपत्र बिक्रि गर्ने, यस्ता छन लगानीकर्तालाई फाइदा

गुडविल फाइनान्स कम्पनी लिमिटेडले ऋणपत्र (डिबेन्चर) निष्काशन गर्ने भएको छ। फाइनान्सले ७ बर्ष अवधि भएको २५ करोड रुपैयाँ बराबरको  “१२% गुडविल फाइनान्स लिमिटेड डिवेञ्चर २०८३” ऋणपत्र निष्काशन गर्न लागेको हो। 

एक हजार अंकित मुल्यको दुई लाख ५० हजार कित्ता ऋणपत्रको ६० प्रतिशत निजि संस्थाको लागि छुट्याइएको छ भने बाँकी ४० प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ।

७ बर्षमा ऋणपत्रको सावाँ र अन्तिम ६ महिनाको ब्याज एकमुष्ट भुक्तानी हुनेछ। ऋणपत्रको व्याजदर १२ प्रतिशत हुनेछ। व्याज अर्धवार्षिक रुपमा ६÷६ महिनामा ( श्रावण १ गते र माघ १ गते) वितरण हुनेछ। व्याज रकम गुडविल फाइनान्स लिमिटेडको जुनसुकै शाखाबाट पनि लिन सकिने जनाइएको छ।    

ऋणपत्र निष्काशनको लागि फाइनान्सले एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ। ऋणपत्रको लागि इकरा नेपालले इक्रा एनपी एल डबल बीबी रेटिंङ दिएको छ। यसको अर्थ फाइनान्सको ऋणपत्रको अवस्था औषत भन्दा राम्रो छ लगानीको लागि उपयुक्त छ भन्ने हुन्छ।    

Read More
  • MBL