नेप्से परिसूचक ११३१.३६ विन्दुमा, ३५ करोड ५१ लाखको शेयर किनबेच


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्से परिसूचक ११३१.३६ विन्दुमा, ३५ करोड ५१ लाखको शेयर किनबेच

मंसिर १, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ४ दशमलव ५९ अंक घटेर १ हजार १३१ दशमलव ३६ विन्दुमा बन्द भएको छ । यस दिन कारोबार शुरु भएको अवधिदेखि पहिलो २० मिनेटको अवधिमा १ हजार १३७ विन्दुसम्म पुगेको परिसूचक सो पश्चात भने घटेको थियो । कारोबारको पहिलो घण्टामा घटेर १ हजार १२९ दशमलव ४१ विन्दुमा पुगेको परिसूचक साढे दुई घण्टाको अवधिमा सामान्य बढेपनि अन्तमा नेप्से परिसूचक गत कारोबार दिनको तुलनामा शून्य दशमलव ४० प्रतिशत घट्न पुगेको छ ।

आइतवार कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये २ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द भएको छ । सर्वाधिक घटेर बन्द हुनेमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव २२ प्रतिशत घटेको छ भने होटल समूहको परिसूचक २ दशमलव ९१ प्रतिशत घटेको छ । यस्तै जलविद्युत् र वित्त समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र म्युचुअल फन्डको परिसूचक १ प्रतिशतभन्दा कम बढेका छन् । बढेर बन्द हुनेमा व्यापार समूहको परिसूचक ७ दशमलव ४१ प्रतिशत बढेको छ भने ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत बढेको छ ।

आइतवारको कारोबार
आइतवार रू. ३५ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ५५ दशमलव ५३ प्रतिशत बढी हो । गत कारोबार दिन बिहीवार रू. २२ करोड ८३ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ९३ अंक घटेर २४९ दशमलव १३ विन्दुमा पुगेर बन्द भएको छ ।

Read More