शेयर स्वाप अनुपात नमिलेपछि सम्झौता गरेका दुई लघुवित्तको मर्जर भङ्ग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर स्वाप अनुपात नमिलेपछि सम्झौता गरेका दुई लघुवित्तको मर्जर भङ्ग

मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता गरेको विजय लघुवित्त (VLBS) र स्वेडा लघुवित्तको बिचमा शेयर स्वाप अनुपात नमिल्दा मर्जर प्रकृया भङ्ग भएको छ। 

 मर्जरको लागि प्रारम्भिक स्वीकृती पाएका यी दुई कम्पनीहरुलाई तीन महिनाभित्र प्राप्ति समाहितको कार्य सक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो। लघुवित्त कम्पनीहरुबिच शेयर स्वाप अनुपात नमिल्दा मर्जर तथा एक्वीजिसिन प्रकृया भङ्ग भएको हो। 

विजय लघुवित्तले गत असार २६ गते स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो। सम्झौता भएको ४ महिनापछि कार्तिक २९ गते बसको संचालक समितिको बैठकले स्वेडालाई प्राप्ति गर्ने निर्णय भङ्ग गरेको हो।

हाल विजय लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख र स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ।

नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले ३६ जिल्लामा र धादिङ्गको धार्केमा केन्द्रीय कार्यालय रहेको स्वेडाले ११ जिल्लामा सेवा दिँदै आएका छन् ।

 

Read More