राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै अर्ब माथि मुनाफा कमाएको छ । बैंकले तिन महीनामा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.७६ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३० करोड ६३ लाख ११ हजार रहेको छ । बैंकले रेगुलेटरी रिजर्भ बाट ४३ करोड २० लाख रुपैयाँ रिटेन गर्दा खुद मुनाफा भन्दा वितरणयोग्य मुनाफा बढी देखिएकोहो ।
यस अवधिमा १ खर्ब ८७ अर्ब ३६ करोड ७६ हजार निक्षेप रहेको बैंकको आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९० अर्ब ३ करोड १४ लाख ७१ हजार निक्षेप संकलन गरेको थियो । १ खर्ब ४३ अर्ब ३३ करोड ३१ लाख ७९ हजार कर्जा लगानी रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा शुन्य दशमलव ७८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख ४४ हजार कर्जा लगानी गरेको थियो ।





