रावा बैंकद्वारा शिवम सिमेन्टलाई एक करोड अनुदान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रावा बैंकद्वारा शिवम सिमेन्टलाई एक करोड अनुदान

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले शिवम सिमेन्टलाई ऊर्जा बचत यन्त्र जडान गरेको भन्दै एक करोड रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ। बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी कार्यक्रम नेपाल अन्तर्गत ऊर्जा बचत गरेर अनुदान रकम हस्तान्तरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले शिवम् सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई उक्त रकम बराबरको चेक प्रदान गरेका थिए।  नेपाल र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम बैंकले ‘इनर्जी इफिसेन्सी’ कार्यक्रम नेपाल आयोजना कार्यान्वनका लागि ‘पिइएन’को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

Read More
  • MBL - below news