कुमारी बैंकको सन्तुलित नाफा, अधिकांश सूचकमा समानस्तरको वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको सन्तुलित नाफा, अधिकांश सूचकमा समानस्तरको वृद्धि

काठमाडौं : कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित वित्तीय विवरण सार्वजनिक गरेको छ । अधिकांश सूचकमा क्रमशः र उस्तउस्तै वृद्धि देखिएको छ । यसअवधिमा खुद नाफा १४.२६% ले बढेर ४० करोड १९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ३५ करोड १८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म बैंकको वितरण योग्य नाफा २५ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
 
बैंकको खुद ब्याज आम्दानी १२.३३% वृद्धि हुँदा कर्जा लगानी पनि १२.३३% ले माथि लागेको छ । लगभग यही अनुरुप खुद नाफा पनि बढेको हो । निक्षेप संकलन र कर्जा लगानी क्रमशः ७.९६% र १३.८९% ले बढेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको छ ।

Read More