काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बिमा शुल्क आर्जन ३०.२२ प्रतिशतले बढाएको छ ।
अघिल्लो वर्षको यही अवधिमा ६८ करोड २४ लाखमा सीमित रहेकोमा त्यो बढेर समीक्षा अवधिमा ८८ करोड ८६ लाखको उचाईमा पुगेको हो ।
कम्पनीले जीवन बिमा कोषलाई २९.२३ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा १३ अर्ब ८८ करोडमा सीमित कोषको आकार बढी यो वर्ष १७ अर्ब ९४ करोडको उचाईमा पुगेको छ ।
कम्पनीको अन्य सूचकतर्फको प्रगति पनि उत्साहजनक देखिएको छ ।
अघिल्लो वर्ष ३ करोड ७२ लाखमा सीमित महाविपत्ति जगेडा बढेर ४ करोड ३० लाख तथा २६ करोड ६८ लाखमा सीमित रिजर्बको आकार बढी ४० करोड ५४ लाखको उचाईमा पुगेको छ ।






