न एटीएम चल्छ, न भिखारीले हिँड्न दिन्छन् !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
न एटीएम चल्छ, न भिखारीले हिँड्न दिन्छन् !

केही दिनअघि कार्यालयको काम सकेर घर जाँदै थिएँ । साँझ परिसकेको थियो । नयाँबानेश्वरको पिपलबोटमा पुगेर गाडी चढ्नुपर्ने भएकाले हतार–हतार हिँडिरहेकी थिएँ । आफ्नै सुरमा हिँडिरेहकी म एउटा दृश्यले एकाएक रोकिएँ ।

नयाँ बानेश्वरनजिकै एकजना टयाक्सी चालक र अर्का एक व्यक्ति पसल छेउमा केही खोजेजस्तो यताउता हेरिरहेका थिए । केही अप्ठयारोमा पो परे कि भनेर म नजिकै गएँ । दुईजना एकापसमा कुरा गर्दै थिए । उनीहरुले हिन्दीमा बोलेको सुनें । सहजै अनुमान लगाउन सकिन्थ्यो कि तीमध्ये एक व्यक्ति भारतीय रहेछन् ।

‘आजभोलि जहाँ पायो त्यहीँको एटीएम नचल्ने’ टयाक्सी चालकले बताउँदै थिए । अर्को व्यक्तिले प्रश्न गरिहेका थिए– किन ? ट्याक्सी चालक उत्तर दिँदै थिए एटीएम ह्याक भएकाले आजभोलि सजिलै पैसा निकाल्न गाह्रो छ ।

केही समस्या पो परेछ कि भनेर नजिकै गएर ट्याक्सी चालकलाई सोधें, के खोज्नुभएको हो ? उनले सँगै उभिएका भारतीयलाई देखाउँदै भने, ‘उहाँ राजस्थानबाट नेपाल घुम्न आउनुभएको रहेछ, उहाँसँग नगद छैन रे । कार्डमात्र छ रे । तर, एटीएम चलेन ।’

उनी ती भारतीय पर्यटकलाई होटल वा सपिङ मलमा केही सामान किनेर कार्डबाट नगद निकाल्न मिल्छ कि भनेर आश्वसन दिँदै थिए । उनी हेर्दै आत्तिए जस्तो देखिन्थे । टयाक्सी चालकले यहाँ त्यस्तो होटल कहाँ होला भनेर मलाई सोधे । मलाई उनीहरुको कुरामा विश्वास लागिरहेको थिएन ।

तैपनि उनीहरु नजिकै क्रेडिट कार्ड चल्ने डिपार्टमेन्ट स्टोर खोज्न हिँडे । भारतीयले आफ्नो खल्तीमा एक रुपैयाँ नभएको बताइरहेका थिए । उनी दिक्क भएको बताउँदै थिए ।

बाटोमा मैले सोचें, ती भारतीय टुरिष्टले पैसा निकाल्न पाएनन् ? एटीएम प्रयोग गर्नेहरुको दुःख नै यस्तै छ नेपालमा । राजधानीजस्तो शहरमा पनि बैंकिङ सुविधा सहज नहुँदा धेरै मानिसले दुःख पाउनु परिरहेको छ । आफूले खोजेको समयमा सुविधा लिन सकिएन भने योे एटीएम कार्डको के अर्थ भयो र !

...

Read More
  • MBL - below news