राष्ट्रिय बीमा कम्पनीको बीमाकोष रकम २९.७२ प्रतिशत बढ्यो


  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय बीमा कम्पनीको बीमाकोष रकम २९.७२ प्रतिशत बढ्यो

कात्तिक २८, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको बीमाकोषमा रू. १ अर्ब ७७ करोड ३४ लाख ९६ हजार जम्मा भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुुसार कम्पनीले गत वर्षको तुलनामा यो रकम २८ दशमलव ७२ प्रतिशत बढाएको हो । गत वर्ष यसै अवधिमा बीमा कोषमा रू. १ अर्ब ३७ करोड ७७ लाख ४६ हजार रहेको थियो । 

कम्पनीले पहिलो त्रैमासमा २० प्रतिशत बढी रू. ६ करोड १० लाख ३५ हजार खुद नाफा गरेको छ । कुल बीमाशुल्क आर्जन रकम गत वर्षभन्दा २५ दशमलव ७७ प्रतिशत बढी रू. ४० करोड २० लाख ६३ हजार रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख ३९ हजार रहेको छ । बीमा समितिको निर्देशन बमोजिम रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउनु पर्ने अवस्थामा कम्पनीको प्रस्तावित लाभांश वितरणमा रोक लगाइएको छ । 

Read More