मन्जुश्री फाइनान्सको नाफा ५.२७ प्रतिशतले वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मन्जुश्री फाइनान्सको नाफा ५.२७ प्रतिशतले वृद्धि

काठमाडौं । मन्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ५.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । फाइनान्सले यस अबधिमा २ करोड ७५ लाख ९३ हजार खुद मुनाफा आर्जन गरेको हो  । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ करोड ६२ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा फाइनान्सकोे वितरणयोग्य मुनाफा भने ५८ लाख २० हजार मात्रै रहेको छ ।

८० करोड ४० लाख ६० हजार चुक्ता पुँजी रहेको फाइनान्सले जगेडा कोषमा १८ करोड २२ लाख ११ हजार राखेको छ ।  प्रथम त्रैमासमा फाइनान्सले १२ करोड ९८ लाख ८३ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ८७.७६ प्रतिशतले बढी हो । फइनान्सले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ९१ लाख ७६ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

Read More
  • MBL - below news