आइसिएफसि फाइनान्स (ICFC) ले आर्थिक वर्ष २०७५/२०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश घोषणा गरेको छ। फाइनान्सको कार्तिक २७ गते बुधबार बसेको २५४ औं बैंठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो।
फाइनान्सले चुक्ता पूँजीको ५ प्रतिशत अर्थात ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँ बराबरको बोनस शेयर तथा ८ प्रतिशत अर्थात ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ नगद लाभांश गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सले घोषणा गरेको उक्त लाभांस राष्ट्र बैंकको स्वीकृती तथा फाइनान्सको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन्।






