एक्सेलको नाफा ३४.९८% ले बढ्यो, प्रतिसेयर आम्दानी २८.२९ रुपैयाँ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक्सेलको नाफा ३४.९८% ले बढ्यो, प्रतिसेयर आम्दानी २८.२९ रुपैयाँ

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४ करोड ८८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ३४.९८% ले बढी हो । गत वर्ष यसैअवधिमा यसले ३ करोड ६१ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४०.५३% र ३५.३३% ले बढेको छ । यता, बैंकको निक्षेप संकलन ५०.८७% र कर्जा लगानी ३९.४८% ले बढेको छ ।

 

Read More
  • MBL - below news