नेप्सेमा सूचीकृत २१६ कम्पनीमध्ये कार्तिक २६ गतेसम्म ८६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने कम्पनीको संख्या ८० रहेको छ भने ६ अघिल्लो आर्थिक वर्षको ढिलो गरि लाभांश घोषणा गरेका हुन्।
यसरी लाभांश घोषणा गर्ने कम्पनीहरुमा सबैभन्दा धेरै ३९ वटा लघुवित्त कम्पनी रहेका छन्। यसैगरि २० वाणिज्य बैंक, ७ सामूहिक लगानी कोष (म्युचुअल फण्ड), ५ विकास बैंक, तीन जीवन र एक निर्जीवन गरि ४ बीमा कम्पनी र ४ उत्पादनमूलक, ३ फाइनान्स कम्पनी, एक होटल, २ जलविद्युत कम्पनी, र एक अन्य क्षेत्रको कम्पनी रहेको छ।
लाभांश घोषणा भएकामध्ये हालसम्म आठ वाणिज्य बैंक, दुई विकास बैंक, एक होटल, दुई जीवन र एक निर्जीवन बीमा कम्पनी, दुई उत्पादनमूलक कम्पनी, दुई लघुवित्त, र एक अन्य गरि १९ कम्पनीले साधारण सभा सम्पन्न गरि लाभांश अनुमोदन गराइसकेका छन् भने केही म्युचुअल फण्डले पनि नगद लाभांश वितरण गरिसकेको छ।
- लघुवित्तहरुको औषत लाभांश १९.७५ प्रतिशत, ११ को लाभांश आउन बाँकी
नेप्सेमा सूचीकृत ३९ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन्। कम्पनीहरुमध्ये नेशनल माइक्रोफाइनान्सले सबैभन्दा धेरै ८० प्रतिशत लाभांश घोषणा गरेको छ भने गणपति माइक्रोफाइनान्सको सबैभन्दा थोरै ७.३६ प्रतिशत रहेको छ।
...





