सामाजिक सञ्जालमा पैसा ठग्ने नयाँ तरिका


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सञ्जालमा पैसा ठग्ने नयाँ तरिका

काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट हुने साइबर अपराधमा वृद्धि हुन थालेको छ । चल्तीमा रहेका फेसबुक, ट्वीटर, भाइवर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको पाइएको छ । यसरी ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मात्रै मासिक १० देखि १५ वटा उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ ।

के हो ‘इमेल फिसिङ’ ?

‘इमेल फिसिङ’ भनेको दुई जना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेल मार्फत रकमको कारोवार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो ।

अपराध महाशाखा साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लिलाराज डाँगी नेपालबाट विदेशमा हुने कारोवारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको बताउछन् ।  बिदेशबाट सामान आयात गरेर इमेलमार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ, उनी भन्छन् ।

यस्तै, प्रतिष्ठित व्यत्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने गरेको उजुरी प्रहरीकोमा आउने गरेको महाशाखाले जनाएको छ । महाशाखामा चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मात्रै साइबर अपराधसम्बन्धी ४ सय ५२ वटा उजुरी दर्ता भएका छन् ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा प¥यो भनेर १ करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउछन् । विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको उनले बताए ।

साइबर अपराधमा युवावर्गको संख्या बढ्दो
हाशाखाका अनुसार साइबर अपराधमा युवावर्गको संख्या बढ्दो छ । जसमध्ये १० वर्षदेखि २० वर्ष उमेर समूहका २२.०५ प्रतिशत, २० देखि ३० वर्ष समूहका ३९.९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका ७.९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् ।

महाशाखाका अनुसार चालु आर्थिक वर्षमा साइबर अपराधमा ४ सय ५२ उजुरी दर्ता भए पनि ११ जनाविरुद्ध मात्र मुद्दा चलाएको छ । जसमा सामाजिक सञ्जालमा ६, ह्याकिङ गर्ने २ र  जथाभावी एसएमएस गर्ने ३ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

आर्थिक वर्ष २०७३–०७४ मा १ हजार १९७ उजुरी दर्ता भएकोमा २६ जनाविरुद्ध मुद्धा चलेको थियो । २०७४–०७५ मा १ हजार ४८२ उजुरी दर्ता भएकोमा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको तथा २०७५–०७६ मा १ हजार ९३८ उजुरी दर्ता भएकोमा ६७ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ ।

यस्तो छ कानुनी प्रावधान
...

Read More
  • MBL - below news