सेयरको व्यक्तिगत नामसारी अव्यवहारिक, सिडिएस्सीले ध्यान नदिंदा लगानीकर्तालाई दुःख


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयरको व्यक्तिगत नामसारी अव्यवहारिक, सिडिएस्सीले ध्यान नदिंदा लगानीकर्तालाई दुःख
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले घरायसी तथा मृत्यु नामसारीको सहज व्यवस्था गरेपनि व्यक्तिगत नामसारीमा बनाएको अव्यवहारिक व्यवस्थाले लगानीकर्ताहरुले अनाहकमा दुःख पाइरहेका छन् ।

हाल मोफसलमा रहेका डीपीका शाखाहरुबाट घरायसी तथा मृत्यु नामसारी गर्ने व्यवस्थाले सहज बनिरहेका बेला स्वयम् व्यक्तिगत नामसारी गर्न भने राजधानीस्थित सिडिएससीकै कार्यालय पुतलीसडक नै धाउनुपर्ने बाध्यता रहेको छ । 

एउटा डीपीबाट अर्को डीपीमा कुनै एक व्यक्तिको डिम्याटमा रहेको सेयर ट्रान्सफर गर्नुपर्दा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा नै स्वयम् उपस्थित हुनुपर्ने अनिवार्य प्रावधान छ । कुनै एक व्यक्तिको दुई फरक डीपीमा खोलिएका डिम्याट खातामा रहेका सेयर एउटैमा ल्याउन दुवै डीपीबाट डिम्याट खोलेको कन्फर्मेसन लेटर आवश्यक पर्छ ।

सेयर ट्रान्सफर गर्नका लागि राख्न चाहेको डिम्याट(क डीपी)मा विद्यमान रहेको डिम्याटबाट(ख डीपी)मा चिठी बनाई सक्कल नागरिकताका साथ स्वयम् उपस्थित भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडको केन्द्रीय कार्यालय पुतलीसडक नै धाउनुपर्ने बाध्यता रहेको छ । 

दुवै डिम्याट कुनै एक कम्पनीका बोनस सेयर फ्र्याक्सनमा आउँदा लगानीकर्तालाई घाटा पर्न सक्दछ भने दुईवटा डिम्याट हुँदा विभिन्न कम्पनीका हकप्रद सेयर आवेदन छुट्न सक्दछ । 

उसो त नेप्सेको अनलाइन प्रणालीमा पनि एउटा मात्र डिम्याट खाताको युसीसी जेनेरेट हुने भएकाले समेत धेरै डिम्याट खातामा सेयर लगानीकर्ताले राख्न रुचि नदेखाएका पाइन्छन् ।

Read More