नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सुचिकृत ५० वटा लघुवित्त कम्पनी मध्ये ३४ वटा लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन्। गत वर्षको तुलनामा लघुवित्तको मुनाफा जगेडा कोष तथा चुक्ता पुँजीमा उल्लेख्य प्रगति हाँसिल गरेको छन् । त्यस्तै लगानी विस्तारको कारण लघुवित्तहरुको खराब कर्जा भने वृद्धि भएको छ । अधिकांश लघुवित्तले पुँजी वृद्धिलाई प्राथमिकतामा राखेको देखिन्छ ।
खदु मुनाफा
गत वर्षको तुलनामा ३४ वटा लघुवित्तको मुनाफा ५२ प्रतिशतले वृद्धि भएर १ अर्ब १६ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा प्रथम त्रैमासमा आरम्भ र स्पर्श लघुवित्त नोक्सानीमा रहेका थिए । अन्य ३२ वटा लघुवित्तको कुल नाफा ७६ करोड ६२ लाख रहेको थियो । यस अवधिमा सबै भन्दा धेरै मुनाफा छिमेकले आर्जन गर्दा सबै भन्दा कम मुनाफा आर्जन गर्नेमा सपोर्ट लघुवित्त रहेको छ । छिमेक लघुवित्तले २२ करोड २२ लाख मुनाफा आर्जन गर्दा सपोर्ट लघुवित्तले १३ लाख ६५ हजार मुनाफा आर्जन गरेको छ । यस अवधिमा किसान लघुवित्त र महुली सामुदायीक लघुवित्तको नाफा घटेको छ भने अन्यको वृद्धि भएको छ ।




