जलविद्युतको शेयर नबिक्दा को को फसे ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जलविद्युतको शेयर नबिक्दा को को फसे ?

जलविद्युत क्षेत्रको सेयर बिक्न छोडेपछि नबिकेको शेयर टाउको दुखाईको बिषय बन्न थालेको छ। जब शिव श्री हाइड्राकोे शेयर नविकेपछि कम्पनी, क्यापिटल र प्रत्याभूतकर्ताको विवाद सार्वजनिक भयो, त्यसले अन्य जलविद्युत कम्पनीको शेयरको बिक्री प्रवन्धक बस्ने र शेयर प्रत्याभूति गर्न कोही तयार नहुने स्थिति बनेको छ, यसले भविष्यमा नराम्रो असर ल्याउने देखिन्छ।

विगतमा जलविद्युत क्षेत्रको नियामक निकायको लापरवाहीले कमजोर देखिँदा देखिँदै पनि लाइसेन्स पाएका कम्पनीहरूले जारी गरेको आइपीओमा अहिले समस्या आइरहेको छ।

पहुँचको भरमा लाइसेन्स दिइनु, परियोजनाको लगानी सम्पूर्ण रूपमा बैंक ऋणमा भर पर्नु, सन्चालकको  दायित्व कम हुनु, क्रेडिट रेटिङ्कको कुनै अनुगमन नहुनु जस्ता विषयले ती परियोजनाले जनताको मन जित्न नसकेका हुन्।

जलविद्युतको औसत शेयर मूल्य ७०-७५ रूपैयाँमा आएको अवस्थामा लगानीकर्ताले १०० रूपैयाँ तिरेर त्यस्ता कम्पनीको शेयर किन्न छाडेका हुन्।

जलविद्युत क्षेत्रका सबै बेथितिलाई नजिकबाट नियालेका मर्चेण्ट बैंकरहरू कमिसनका लागि आफैँ बिक्री प्रबन्धकदेखि प्रत्याभूतकर्ता बस्नु र फसियो भनेर एक अर्कामा दोष देखाउनु अच्चम्मको परिस्थितिको बनेको छ।

जलविद्युत क्षेत्रमा लगानीकर्ताको विकर्षण देखिँदा त्यसको सोझो असर ती कम्पनीका शेयर प्रत्याभूतकर्तालाई पर्नु यथार्थ होे तर यसमा उनीहरू पनि दोषबाट मुक्त छैनन्।

Read More