सबैको लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २१ गते शनिवार बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको हो ।
सभामा लाभांशसहितका विभिन्न ११ प्रस्ताव पेश हुदै छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १६ करोड ५० लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पुंजी १८ करोड ६४ लाख पुग्ने छ । त्यसपछि कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।




