काठमाडौं । सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम जारी छ । लाभांश घोषणा गर्नेमा सबैभन्दा बढी लघुवित्त कम्पनीहरू छन् । आइतवारसम्ममा ३३ लघुवित्त कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । प्रस्तावित लाभांश हेर्दा गतवर्षको तुलनामा यस वर्ष अधिकांश कम्पनीको लाभांश बढेको देखिन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी
वृद्धिका लागि कम्पनीहरूले लाभांश बढाएका हुन् । राष्ट्रिय स्तरको लघुवित्त कम्पनीलाई रू. १० करोड, क्षेत्रीय स्तरलाई रू. ६ करोड, ४ देखि १० जिल्लाको लागि रू. २ करोड, १ देखि ३ जिल्लाको लागि रू. १ करोड र थोक कर्जा प्रदान गर्दै आएका लघुवित्त कम्पनीलाई रू. ६० करोड पु¥याउन निर्देशन दिएको थियो ।
यस वर्ष मिर्मिरे माइक्रोफाइनान्सले सबैभन्दा बढी ४७ दशमलव ३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ४५ प्रतिशत बोनस शेयर र २ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।





