कालिका र जनसेवी लघुवित्त मर्ज हुँदै, विशेष सभा सोमबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिका र जनसेवी लघुवित्त मर्ज हुँदै, विशेष सभा सोमबार

काठमाडौं । मर्जरको प्रस्ताव पारितका लागि कालिका लघुवित्त र जनसेवी लघुवित्तले सोमबार विशेष साधारण सभा बोलाएका छन् । कालिकाले स्याङ्जा र जनसेवीले पर्वतमा सभा गर्न लागेका हुन् । यी दुई कम्पनीबीच १ बराबर १ को शेयर आदान प्रदान अनुपात कायम गर्ने सम्झौता भएको छ । 
मर्जर पश्चात जनकालिका लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ । मर्जर सम्बन्धी आवश्यक काम कारबाहीका लागि सम्पूर्ण जिम्बेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । मर्जर प्रयोजनका लागि कालिका लघुवित्तको शेयर कारोबार गत जेठ ५ गतेदेखि बन्द रहेको छ । उक्त मितिसम्म कायम रहेका शेयरधनीहरुले सभामा भाग लिई छलफल गर्न सक्नेछन । जनसेवी लघुवित्त भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छैन । 

Read More
  • MBL - below news