कात्तिक २४, काठमाडौं । मिर्मिरे लघुवित्त र नागवेली लघुवित्त वित्तीयसँग मर्जरमा रहेको किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चालू आवको पहिलो त्रैमासमा नाफा घटेको छ ।
गत आवको सोही अवधिमा रू.८५ लाख ४८ हजार कमाएको कम्पनीले यस आवमा भने रू.३५ लाख ९४ हजार मात्र कमाउन सफल भएको छ । कम्पनीको संचालन नाफा गत आवमा १ करोड ३० लाख २९ हजार रहेको थियो भने चालू आवमा रू.५० लाख २४ हजारमा सिमित भएको छ ।
कम्पनीको खुद व्याज आम्दानी २४ प्रतिशत बढेपनि संचालन नाफा ६१ प्रतिशत घटेपछि नाफा घट्न पुगेको हो । कम्पनीको व्याज खर्च पनि गत आवको तुलनामा बढेको छ । कम्पनीको खुद व्याज आम्दानी रू.२ करोड ८० लाख पुगेको छ ।
कम्पनीले यस आवमा रू.६ लाख २३ हजार खराब कर्जा संकलन गरेको छ । कम्पनीको हाल चुक्तापूँजी रू.८ करोड ६० लाख पुगेको छ ।








