काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले ३ लाख ९ हजार ३०२ कित्ता सेयर आइतबार (कात्तिक २४ गते) देखि लिलामीमा ल्याउने भएको छ । यस इन्सुरेन्सले सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९।२ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ ।








