एक खर्बको कारोबारमा अनलाइनबाट भने १६ अर्ब


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक खर्बको कारोबारमा अनलाइनबाट भने १६ अर्ब

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन कारोबार प्रणाली सुरु गरेको एक वर्ष अवधिमा कुल १ खर्ब ६ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । तर, यो अवधिमा अनलाइनमार्फत भने १६ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेको नयाँ कारोबारप्रणालीमार्फत अनलाइनमा मात्र आधार भएर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या पनि विस्तारै बढ्दै गएको नेप्सेले जनाएको छ । यस अवधिमा नेप्सेको कुल कारोबारको १५.६ प्रतिशत अनलाइनमार्फत सेयर कारोबार भएको छ ।

नेप्सेले २०७५ कात्तिक २० देखि नेप्से अनलाइन टे«डिङ सिस्टम(नट्स) सुरु गरेको बिहीबार एक वर्ष पूरा भएको छ । सो अवधिमा १५ लाख २४ हजार १४ कारोबारबाट १ खर्ब ६ अर्ब ९ करोड ३४ लाख रुपैयाँ बराबरको ३७ करोड १२ लाख ५७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो ।
यस अवधिमा सेयर बजार घट्दो क्रममा नै देखिएपनि एकै दिन २ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ भने १२ दिन एक अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो बिचमा एक दिन साढे २९ हजार वटा कारोबार भएका छन् भने २३ दिन १० हजारभन्दा धेरै पटक सेयर कारोबार भएको छ ।यो अवधिमा नेप्सेमा २४२ दिन सेयर कारोबार भएको छ ।

Read More
  • MBL - below news