शिवश्री हाइड्रो आईपीओ प्रकरणः क्रेडिट रेटिङ्ग माथि उठ्याे प्रश्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शिवश्री हाइड्रो आईपीओ प्रकरणः क्रेडिट रेटिङ्ग माथि उठ्याे प्रश्न

एजेन्सी भन्छ:- रेटिङ्ग निष्पक्ष गरिएको छ।
पछिल्लो समयमा निष्कासन भएका जलविद्युत कम्पनीहरुका आईपीओ बिक्री नभएपछि विभिन्न प्रश्नहरु उठेका छन्। आईपीओ बिक्री नहुँदा निष्कासन अघि गरिने प्रक्रियामा संलग्न निकायहरु एकअर्कामाथि आरोप लगाइरहेका छन्। 

लगानीकर्ताहरुले आईपीओ निष्कासन गर्ने कम्पनीदेखि बिक्री प्रबन्धकसम्म शंकाको दृष्टिले हेर्न थालेका छन्।

आईपीओ निष्कासन प्रक्रियाको एक महत्वपूर्ण पाटो कम्पनीको क्रेडिट रेटिङ्ग हो। लगानीकर्ताहरु मात्र नभई कम्पनीको प्रत्याभूतिकर्ताहरुले पनि क्रेडिट रेटिङ्गका आधारमा कम्पनी चयन गर्छन्। पछिल्लो समयमा निष्कासन तथा बिक्री खुला अवधिभरमा नबिकेको शिवश्री हाइड्रोपावरको शेयरको क्रेडिट रेटिङ्ग केयर रेटिङ्गस् नेपालले गरेको थियो।

केयरले हाइड्रोपावरलाई औषतभन्दा कमजोर आधार भएको ग्रेड ४ रेटिङ्ग दिएको थियो। क्रेडिट रेटिङ्ग एजेन्सीहरुले सत्यतथ्यको पूर्ण जाँच नगरी हाइड्रोपावरको पक्षमा रेटिङ्ग दिएको आरोप एक मर्चेन्ट बैंकरले लगाएका छन्।

एजेन्सीहरुले गरेको रेटिङ्गका आधारमा मर्चेन्ट बैंकरहरुले अन्डरराइट गर्ने र लगानीकर्ताहरु लगानी गर्ने बताउँदै उनले रेटिङ्ग निष्पक्ष हुनेपर्ने कुरामा जोड दिए। रेटिङ्गको पुनः जाँच गर्न मर्चेन्ट बैंकहरुसंग पर्याप्त जनशक्ति र पूँजी नभएका कारण रेटिङ्ग एजेन्सीहरुले गरेको रेटिङ्गमै चित्त बुझाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ।

Read More