सरकारले गर्यो नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि समिति गठन !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 सरकारले गर्यो नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि समिति गठन !

काठमाडौँ । सरकारद्वारा नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि समिति गठन भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा गठन गरिएको समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।
पूँजी बजारको नियामक निकाय नेपाल धितोपत् बोर्डको अध्यक्षको पद रिक्त भएको झण्डै ३ सातापछि सरकारद्वारासमिति गठन गरिएको हो । समिति गठन भएसँगै अब अध्यक्ष पदका लागि आकांक्षी उम्मेदवारहरुको माग हुनेछ ।

Read More