नेपाल क्लियरिङ्ग हाउस लिमिटेडलाई साफा बेस्ट प्रिजेन्टेड एन्युल रिपोर्ट अवार्डस


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडलाई  साफा बेस्ट प्रिजेन्टेड एन्युल रिपोर्ट अवार्डस

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) लाई साफा बेस्ट प्रिजेन्टेड एन्युल रिपोर्ट अवार्डस अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिने भएको छ। दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा दक्षिण एसिया लेखामान महासंघ (साफा) समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर पुरस्कृत गर्न खोजिएको हो।

साफाले यो अवार्ड बंगलादेशमा आगामी ३० नोभेम्बरमा हस्तान्तरण गर्नेछ। यसअघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले नेपाल चार्टर्ड एकाउन्टटेन्ट संस्था (आईक्यान)द्वारा संचालित बिपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो। त्यसपछि यो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो। एनसीएचएलले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवर्दित कम्पनी हो । यसको एनसीएचएल इसिसी, एनसीएचएल आइपिएस र कनेक्ट आइपिएस् प्रणाली सञ्चालनमा छन् । 

 

Read More
  • MBL - below news