एटिएम ह्याक प्रकरण: ४ नेपाली सहित १२ बिरुद्द थुनछेक बहस सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एटिएम ह्याक प्रकरण: ४ नेपाली सहित १२ बिरुद्द थुनछेक बहस सुरु

एटिएम ह्याक प्रकरणमा संलग्न आरोपीहरुको आज देखि उच्च अदालत पाटनमा थुनछेक बहस सुरु भएको छ  । उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद आोली र  किरण पौडेलको संयुक्त  इजलाशमा थुनछेक बहस सुरु भएको हो   ।

गत भदौ १४ गते नेपाल इलेक्ट्रक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टमा ह्याक गरी नेपाल र भारतको विभन्न एटएएम बुथ प्रयोग गरी साढे ३ करोड भन्दा बढी रकम चोरी भएको थियो । नेपाल प्रहरीले घटनाको अनुसन्धान गरी उच्च अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले ८ चिनियाँ नागरिक र ४ नेपाली नागरिक गरी कुल १२ जना बिरुद्द मुद्दा दायर गरेको हो । प्रतिवादीहरुमा झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई , कियु युनकिङ्ग , जु लुक्ली , जु मिन , हुवाङ्ग हे , रेवती दुवाडी , रोशन प्रधान श्रेष्ठ , देवनाथ लामिछाने र राजन श्रेष्ठ रहेका छन्  । 

Read More
  • MBL - below news