मजबुत बन्दै साधना लघुवित्त : खुद नाफा ३४६.२८% ले बढ्दा अन्य सूचकमा आकर्षक वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मजबुत बन्दै साधना लघुवित्त : खुद नाफा ३४६.२८% ले बढ्दा अन्य सूचकमा आकर्षक वृद्धि

काठमाडौं : साधना लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमाससम्म आइपुग्दा आकर्षक प्रगति गरेको छ । यसअवधिमा कम्पनीले खुद नाफा ३४६.२८% ले बढाएर ६६ लाख ६३ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यही अवधिमा संस्थाले १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १९७.९५% ले बढेर १४ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २७१.०१% र ३४९.३६% ले बढेको छ । यसले पनि सस्थाको खुद नाफा बढ्न टेवा पुगेको हो । 

Read More