काठमाण्डौ । विश्व सेयर बजारमा थुप्रै मानिस लागेका छन् । यद्यिप थोरै मानिसले मात्र राम्रो प्रतिफल लिन सफल भएका छन् । कोही बजार बुल भएको बेला सेयर बेचेर राम्रो प्रतिफल लिन चुक्छन् त कोही बजार बियरिस हुँदा आत्तिएर सेयर बेचेर लगानी पनि डुबाउँछन् ।
अहिले नेपालको सेयर बजार निकै खराब अवस्थाबाट गुज्रिरहेको छ । बजारमा भेटिने लगानीकर्तामध्ये धेरैको गुनासो हुने गरेका छ, ‘बजार बुल हुँदा नाफा बुक गर्न सकिएन ।’
कतिपय नयाँ लगानीकर्ताले भने बेकारमा यो सेयरबजारमा हात हालिएछ भन्न थालेका छन् । आखिर यस्तो अवस्था किन सिर्जना भइरहेको छ त ?
विश्वबजारमा राम्रो आम्दानी लिने ठाउँमा रियल स्टेट, सेयर मार्केट र व्यापार नै हो ।
दोस्रो राम्रो प्रतिफल पाउने ठाउँका रुपमा रहेको सेयर मार्केटमा धैर्यता ठूलो कुरो हुन्छ । यस्तोमा भावना वा आवेगमा आवेगमा आएर लगानी गर्दा फस्न सकिन्छ । तर यदि यी पाँच तरिका आपनाएर व्यापार गरेमा भावनात्मक चपेटाबाट बच्न सकिन्छ । आउनुहोस् जनौँ यी तरिकाहरु ः–
१. दैनिक नोक्सानीको सीमा तय गर्नुहोस्
२. लगातार तीन घाटा वा लाभपछि कारोबार बन्द गर्नुहोस्
३. क्षमताभन्दा बढी लगानी नगर्नुहोस्
४. हरेक कारोबारपछि केही समय आराम गर्नुहोस्
...





