मार्जिन कारोबार सुविधाः हात्ती आयो, हात्ती आयो फूस्सा !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मार्जिन कारोबार सुविधाः हात्ती आयो, हात्ती आयो फूस्सा !

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले थप गरेको नयाँ प्रडक्ट मार्जिन कारोबार सुविधामा सेयर लगानीकर्ताहरुले चासो देखाएका छैनन् । 

मार्जिन कारोबार सेवा सुचारु भएपछि यसले बजारमा सकारात्मक तरंग ल्याउँछ भन्ने विश्लेषण समेत यसका केही अप्ठ्यारा शर्त, सीमा र बन्देजहरुले गलत साबित गरिदिएको छ । 

घट्दो बजारमा मार्जिन ऋण लिएर सेयर खरिद गर्दा मुनाफा नदेखेपछि लगानीकर्ताहरुले मार्जिन कारोबारको अनुमति पाएका २१ धितोपत्र दलाल सदस्य(ब्रोकर)बाट यो सुविधाका लागि रुचि नै नदेखाएका पाइएको छ । 

मार्जिन ऋण प्रवाह गर्ने प्रक्रिया तथा केही सीमा र शर्त केही अव्यवहारिक देखिएकाले मार्जिन कारोबार सेवाको कार्यविधिमा संसोधन गर्न नेपाल धितोपत्र बोर्डसँग छलफल गर्न खोजिएकोे स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । बजारको अवस्था सेयर किनेर होल्ड गर्नुपर्ने भएको र सूचिकृत सीमित कम्पनीहरुमा मात्र मार्जिन ऋण पाइने भएकाले यसमा लगानीकर्ताहरुको लगाव कम भएको अध्यक्ष रानाभाटको दाबी छ ।

Read More