सांग्रिला डेभलपमेन्ट बैंकमा ऋण अपचलन, राष्ट्र बैंकले दियो कडा चेतावनी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकमा ऋण अपचलन, राष्ट्र बैंकले दियो कडा चेतावनी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कम मूल्यको जग्गालाई बढी मूल्यांकन गरेर ऋण प्रवाह गरेको पाइएको छ । रियल स्टेट कर्जा दिँदा मूल्याकंनभन्दा बढी ऋण प्रवाह गरेपछि बैंक समस्यामा पर्दै गएको हो ।  राष्ट्र बैंकले अनुगमन गर्दा उक्त बैंकले रियल स्टेट कर्जा प्रवाह लापबाही गरिकाले त्यसरी गरिएको ऋण लगानी सुधार नगरे कारबाही गर्नेसम्मको चेतावनी दिएको छ । 

बैंकले भने जग्गा कारोबारमा मन्दी आएकाले यस्तो हुन आएको भन्दै राष्ट्र बैंकलाई स्पष्टिकरण दिएको छ । राष्ट्र बैंकमा बुझाएको स्पष्टिकरणमा लेखिएको छ–‘रियल स्टेट व्यापारमा मन्दी आएका कारण बैंकले धितोको मूल्यांकन गर्दाको बखत गरिने मूल्यांकनमा असर परेको हो ।’ 

कमसल खालको जग्गामा बढी मूल्य राखेर ऋण प्रवाह गरेको देखेपछि राष्ट्र बैंकले सचेत हुन अल्टिमेटम दिएको हो । सञ्चालक समितिका अध्यक्ष अच्युतप्रसाद प्रसाईं तथा सञ्चालक समितिका सदस्यहरु सुशीलकाजी बानियाँ, गंगासागर ढकाल, रवीना शेरचन र राजुनाथ ढकालको दबाबमा परेर बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले त्यस्तो कमसल खालको ऋण जग्गामा प्रवाह गरेको खुल्न आएको छ । तर, उक्त बैंकले कुन–कुन जग्गामा त्यस्तो ऋण प्रवाह गरेका छ भन्ने बारेमा भने केन्द्रीय बैंक उच्च स्रोतले बताउन चाहेन । सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि यस्तै कार्य गर्दै आएको
छ ।

...

Read More
  • MBL - below news