स्वरोजगार लघुवित्तको खुद नाफा एक करोड ८० लाख बढ्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्वरोजगार लघुवित्तको खुद नाफा एक करोड ८० लाख बढ्यो

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ८० लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ।लघुवित्तभि आफ्नो नाफा गत आवको प्रथम त्रैमासको तुलनामा एक करोड ८० लाख ६४ हजार रुपैयाँले बढाएको हो।

गत आवको प्रथम त्रैमाससम्ममा लघुवित्तको खुद नाफा एक करोड २४ हजार थियो। गत आवको यसै अवधिको तुलनामा लघुवित्तले आफ्नो हरेक सूचाङ्कमा आकर्षक बढोत्तरी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ रहको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ६९ पैसा रहेको छ। उसको जगेडा कोषमा १५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ८८ पैसा रहेको छ । लघुवित्तको जगेडा कोष १० करोड ३६ लाख रुपैयाँले बढेको हो।

बचत संकलन ५९ प्रतिशतले बढाएर एक अर्ब ३८ करोड संकलन गरेको यस लघुवित्तले एक अर्ब ६२ करोड ८७ लाख सापटीबाट अघिल्लो आवको प्रथम त्रैमासभन्दा ३८.७९ प्रतिशतले कर्जा लगानी बढाएर ३ अर्ब १७ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ।

जसबाट लघुवित्तको ब्याज आम्दानीमा दुई करोड ५९ लाखले सुधार आई ६ करोड ८४ लाख आर्जन भएको छ। यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि एक करोड ४४ लाखबाट ४ करोड ४ लाख पुगेको छ । ब्याज आम्दानी सुधार हुँदा लघुवित्तको सञ्चालन नाफासँगै खुद नाफा पनि बढेको हो।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५१ बाट बढेर ०.९८ प्रतिशतमा पुग्दा नोक्सानी व्यवस्था समेत १३ लाखबाट ४१ लाख पुगेको छ । लघुवित्तको निक्षेप संकलन लागत १०.१७ प्रतिशत रहेको छ।यस अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात १२.९५ गुणा छ । 

Read More
  • MBL - below news