सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वर्षमा प्रवेश


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वर्षमा प्रवेश

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६औंै बर्षमा प्रवेश गरेको छ । कार्तिक १६ गते शनिबारका दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । 

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।  

‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । 

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालयमा कार्तिक १६ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

वार्षिक उत्सवकै अवसरमा कार्तिक १७ गते विहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । 

Read More
  • MBL - below news