काठमाडौं : एप्पल कम्पनीले चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । यस त्रैमाससम्म आइपुग्दा कम्पनीले ५५ अर्ब २५ करोड डलर भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ७.१८% ले घटेको हो । गत वर्ष एप्पलको खुद नाफा ५९ अर्ब ५३ करोड डलर थियो । कम्पनीले २ खर्ब ६० अर्ब डलर खुद बिक्री गरेकोे छ । यस त्रैमासमा मात्रै कम्पनीले ६४ अर्ब डलर खुद बिक्री गरेको हो ।
प्रतिवेदन सार्वजनिक भएपछि एप्पलको सेयरको भाउ उकालो लागेको छ । एप्पलको आइफोन बाहेक सबै उत्पादनमा गत वर्षको भन्दा नाफा वृद्धि गरेको हो । यस प्रतिवेदनमा भर्खरै मात्रै बिक्री सुरु गरेको आइफोन ११ को समेत बिक्री विवरण पनि सार्वजनिक गरिएको छ । एप्पलले गत सेप्टेम्बर २० गते आइफोन ११ को बिक्री लन्च सुरु गरेको थियो ।
...





