बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरूले स्वतस्फूर्त रूपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो ।

नेपालमा नै साइबर जोखिम सम्बन्धी बीमा सुविधा भए तापनि हालसम्म एउटा पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरूले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् । अन्य प्रकारका बीमाको तुलनामा साइबर सुरक्षा बीमा महँगो हुने भएकाले यसप्रति बैंकहरू आकर्षित भएका छैनन् । 

राष्ट्र बैंकका अनुसार अहिले यस विषयमा आवश्यक अध्ययन गर्ने काम भइरहेको छ । आवश्यक नीतिगत व्यवस्था गरेर ढिलोमा पनि आगामी असार मसान्तसम्म निर्देशन जारी गर्ने राष्ट्र बैंकको तयारी छ । 

हाल बैंकहरूले बैंकिङ ब्लांक्वेट बीमा (बीबीआई) मार्फत आफ्नो सम्पूर्ण सम्पत्तिको बीमा गरेका छ छन् । तर, उक्त बीमालेखले साइबर सम्बन्धीको जोखिमलाई रक्षावरण गर्दैन । 
‘बैंकहरूको साइबर जोखिम व्यवस्थापन गर्ने सिलसिलामा साइबर सुरक्षा बीमालाई समावेश गर्न लागेका हौं । तर, यो हाम्रो लागि नयाँ बिषय हो । त्यसैले अहिले नीतिगत र हुन सक्ने खर्चको विषयमा अध्ययन गर्दैछौं, आवश्यक प्रक्रिया पुगेपछि निर्देशन जारी हुनेछ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । उनका अनुसार नेपालको बीमा कम्पनीमा नै बैंकहरूले यस्तो बीमा गर्नुपर्ने गरी निर्देशन आउनेछ ।

Read More
  • MBL - below news