नेप्सेको प्राविधिक विश्लेषण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेको प्राविधिक विश्लेषण

गएको साता नेप्से परिसूचक ११ दशमलव ५९ अंक (१.०२ प्रतिशत) बढेर ११४९दशमलव ३४ मा बन्द भएको छ । अहिलेको समयमा नेप्से परिसूचक ५० दिनको मुभिङ एभरेज र २१ दिनको मुभिङ एभरेजभन्दा तल चलिरहेको हुँदा बियरिश मोमेन्टम नसकिएको संकेत गरेकोे छ । पछिल्लो हप्ता दैनिक औसत कारोबार रकम रू. १७ दशमला ६९ करोड रहेकोमा गत साता कारोबार रकम बढेर रू. १८ दशमलव ६९ करोड पुगेको छ । अहिलेको समयमा नेप्से परिसूचक ११०२ दशमलव ६४ देखि १३४९ दशमलव ३८ को स्विङ्गको ७८ दशमलव ६ प्रतिशत फिबोनाचि रिट्रेस्मेन्ट जोनको सपोर्टभन्दा तल चलिरहेको छ ।

टेवा तथा प्रतिरोध अङ्क

गत साता दैनिक औसत कारोबार रकम पछिल्लो हप्ताको दैनिक औसत कारोबार रकमभन्दा बढेको छ र साथै नेप्से परिसूचकमा पनि ११ दशमलव ५९ अंकले बढ्नाले बजारमा खरीदकर्ताको चाप बढेको संकेत गरेकोे छ । हालको अवस्थामा नजीकको टेवा अंक ११२२ छ भने नजीकको प्रतिरोध अंक ११५० मा पुगेको छ ।

नेप्से प्रवृत्ति सूचक
क)मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

 

एमएसीडीमा दुई ओटा रेखा हुन्छन्, जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेन्ड) देखाउने गर्छ । यदि एम.ए.सी.डी. रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रूपमा लिइन्छ र यसले शेयरहरू किन्ने संकेत गर्दछ भने यदि एम.ए.सी.डी. रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रूपमा लिइन्छ र यसले शेयरहरू बेच्ने संकेत गर्दछ । गएको साताको शुरूमा एम.ए.सी.डी. लाइन र सिग्नल लाइन क्रमशः ११ दशमलव ४८ र १४ दशमलव ४० बिन्दुमा रहेको थियो । साताको अन्त्यसम्म एम.ए.सी.डी. लाइन र सिग्नल लाइन ३ दशमलव ५५अंक र ३ दशमलव १८ बिन्दुले बढेर क्रमश : ७ दशमलव ९३ र ११ दशमलभ २२ बिन्दुमा रहन पुग्यो । अहिलेको समयमा एम.ए.सी.डी. लाइन र सिग्नल लाइन नेगेटिभ जोनमा चलिरहेकोले गर्दा बियरिश मोमेन्टम नसकिएको संकेत गरे तापनि एम.ए.सी.डी. लाइनले सिग्नल लाइनलाई काटेर माथि बढ्ने क्रममा रहेको हुँदा बजार केही बढ्न सक्ने संकेत गरेको छ ।

ख) रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई)

 

आरएसआई प्राविधिक विश्लेषणको यस्तो सूचक हो, जसलाई साइडवेज् रूपमा चलिरहेको बजारमा शेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ । त्यसैगरी, यसले बजारमा खरीद र विक्रीको स्पष्ट संकेत देखाउने गर्दछ । गएको साताको शुरूमा आर.एस.आई ४१ दशमलव ६४ अंकमा रहेको थियो । आर.एस.आई ८ दशमलव ३३ अंकले बढेर ४९ दशमलव ९७ अंकमा बन्द भएको छ । गएको साता आर.एस.आई ४० को तहभन्दा माथि बढेर ४९ दशमलव ९७ अंकमा बन्द भएकोले बजार न्यूट्रल जोनमा चलिरहेको संकेत गरेको छ । पछिल्लो समयमा आर.एस.आई.ले हाइयर हाइ र हाइयर लो बनाउँदै अगाडि बढ्दै गएको छ ।

ग) बोलिङ्गर ब्याण्ड

 

बोलिंगर बोलिङ्गर ब्यान्ड एक प्राविधिक विश्लेषण सूचक हो जसमा २०–दिने मुभिङ एभरेजका साथ दुई ब्यान्ड (एउटा माथि र एउटा तल) हुन्छन् । यी ब्यान्डहरूले बजारको अस्थिरताको मात्रा संकेत गर्दछन्, जुन स्ट्यान्डर्ड डेभिएशन गणना गरेर पत्ता लगाइन्छ । गएको साता नेप्से परिसूचकमध्ये बोलिङ्गर ब्यान्डमा चलिरहेको थियो भने गएको २ दिनको कारोबारले बजार बढेर नेप्से परिसूचकमध्ये बोलिङ्गर ब्यान्डबाट माथिल्लो बोलिङ्गर ब्यान्डमा पुगेको छ । साथै माथिल्लो तथा तल्लो ब्यान्डबीचकोे दूरी घटेर बजारमा घट्दो उतारचढाबको संकेत गरेको छ ।

घ) एभरेज डिरेक्शनल इन्डेक्स (एडीएक्स)

 

एभरेज डिरेक्शनल इन्डेक्स एक मोमेन्टम सूचक हो, जसले बजारको टे«न्डको शक्ति संकेत गर्नुका साथै दिशात्मक सूचकको काम पनि गर्दछ । यस प्रणालीले डी.एम.आई+ र डी.एम.आई– संकेत तहको साथ ए.डी.एक्ससँग प्रयोग गरेर सकारात्मक र नकारात्मक दिशामा मूल्य उतारचढाबको शक्ति मापन गर्ने प्रयास गर्दछ । अहिलेको समयमा ए.डी.एक्स र डी.एम.आई– दुवै २५ को रेखाभन्दामाथि रहेको हुँदा बजार बियरिश टे«न्डमा चलिरहेको संकेत गरेको छ । यद्यपि, ए.डी.एक्स हाल घट्ने क्रममा रहेको हुँदा बियरिश टे«न्ड कमजोर हुँदै गएको संकेत गरेको छ । यसैगरी डी.एम.आई+ बढेर २५ को रेखासम्म पुगेको हुनाले बजार बढ्न सक्ने संकेत गरेको छ ।
  
निष्कर्ष
गत साता नेप्से परिसूचक ११ दशमलव ५९ अंक (१.०२ प्रतिशत) बढेर ११४९ दशमलव ३४ मा बन्द भएको छ । अहिलेको समयमा नेप्से परिसूचक ५० दिनको मुभिङ एभरेज र २१ दिनको मुभिङ एभरेजभन्दा तल चलिरहेको छ । हालको अवस्थामा नजीकको टेवा अंक ११२२ छ भने नजीकको प्रतिरोध अंक ११५० मा पुगेको छ । अहिलेको समयमा एम.ए.सी.डी. लाइन र सिग्नल लाइन नेगेटिभ जोनमा चलिरहेकोले गर्दा बियरिश मोमेन्टम नसकिएको संकेत गरेकोे छ । गएको साता आर.एस.आई ४० को तहभन्दा माथि बढेर ४९ दशमलव ९७ अंकमा बन्द भएकोले बजार न्यूट्रल जोनमा चलिरहेको संकेत गरेको छ । अहिलेको समयमा ए.डी.एक्स र डी.एम.आई– दुवै २५ को रेखाभन्दा माथि रहेको हुँदा बजार बियरिश टे«न्डमा चलिरहेको संकेत गरे तापनि डी.एम.आइं+ बढेर २५ को रेखासम्म पुगेको हुनाले बजार बढ्न सक्ने संकेत गरेको छ । गएकोे साता बजार बढेर नेप्से परिसूचकमध्ये बोलिङ्गर ब्यान्डबाट माथिल्लो बोलिङ्गर ब्यान्डमा पुगेको छ । साथै माथिल्लो तथा तल्लो ब्यान्डबीचकोे दूरी घटेर बजारमा घट्दो उतारचढााको संकेत गरेको छ ।

Read More