नेपालमै बन्यो लोन ओरिजिनेसन सफ्टवेयर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमै बन्यो लोन ओरिजिनेसन सफ्टवेयर

एक्समार्ट प्वाइन्ट टेक्नोलोजीज्ले नेपाली बैंक तथा वित्तिय संस्थाको विस्तृत अध्ययन गरेर सबै खाले कर्जा प्रक्रियालाई सहयोगी हुने एक्समार्ट क्रेडिट सफ्टवेयर विकास गरेको छ । यसले सबै खाले ऋण जारी गर्दा क्रेडिट कार्ड, व्यक्तिगत ऋण, विजनेस लोन, कर्पोरेट लोनका लागि उपयुक्त हुनेछ ।

बैंक तथा वित्तिय संस्थाका लागि पूर्ण सहयोगी सफ्टवेयरमा ऋण ओरिजिनेसन, व्यवस्थापन, कर्जा प्रस्ताव उत्पादन, स्वीकृति प्रक्रिया तथा सबै सुरक्षासम्बन्धी दस्तावेज (अफर लेटर तथा लिखत) हरु उत्पादन गर्नेछ ।

यो सफ्टवेयरले सयभन्दा बढी प्रकारका एमआइएस तथा इन्टिलिजेन्ट रिपार्टहरु दिन्छ । जसले संस्था र कर्मचारीहरुलाई निर्णय प्रक्रिया, प्रोसेस ट्रयाकिङलाई सजिलो बनाउने बताइएको छ ।

सफ्टवेयरले प्रयोगले वित्तिय संस्थाले धेरै छोटो समयमा त्रुटीरहित ऋण स्वीकृत गर्न सक्छन् । जसले गर्दा ग्राहक सन्तुष्टि पनि धेरै नै हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय आचार्यका अनुसार, नेपाली बैंक तथा वित्तिय संस्थाले धेरै खर्च गरेर विदेशी सफ्टवेयर प्रयोग गर्नुभन्दा नेपाली सफ्टवेयर प्रयोग गर्न सकिने बताउँछन् । नेपालमै बनेको यस खालको यो पहिलो सफ्टवेयर हो ।

'हामी छिटै नै यो सफ्टवेयर लिएर बजारमा जाँदैछौं,' उनले भने, 'एक्समार्ट क्रेडिट मोडर्न डेभलपमेन्ट टेक्नोलोजी प्रयोग गरेर सुरक्षित प्रविधि विकास गरेका छौं ।' उनले नेपाली वित्तिय संस्थालाई नै विस्तृत अध्ययन गरेर यो सफ्टवेयर विकास गरिएकाले नेपाली बैंक तथा वित्तिय संस्थाका लागि उपयोगी हुने उनको भनाई छ ।

Read More
  • MBL - below news