मर्जर र लाभांशको प्रमुख अजेन्डासहित महालक्ष्मी बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मर्जर र लाभांशको प्रमुख अजेन्डासहित महालक्ष्मी बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते

काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश वितरणको प्रमुख अजेन्डासहित महालक्ष्मी विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले कात्तिक २९ गते शुक्रबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको मीनभवनस्थित अल इन वा मार्ट क्राउन बेङ्क्वेटमा हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरेको चुक्तपुँजीको ८ प्रतिशतले हुन आउने बोनस सेयर र ९.८९ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांश करसहित) को विशेष अजेन्डा अनुमोदन गर्ने छ ।

त्यस्तै बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्त गर्ने वा आपसमा गाभ्ने प्रयोजनाका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्ने मुख्य अजेन्डा पनि पारित गर्ने छ । त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा प्राप्ति र गाभ्ने प्रक्रियासँग सम्बन्धि अन्य आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

Read More
  • MBL