काठमाण्डौ । पूँजीबजारको विषयमा पर्याप्त जनचेतना फैलिन सकेको छैन । यहीकारण समेत पूँजीबजारको विकास र बिस्तार हुन नसकेको र दूरदराजका जनतामा पूँजीबजारको विषयमा पर्याप्त ज्ञान नरहेको बेला–बेला चर्चा हुने गरेको छ ।
पूँजीबजारको विकास र बिस्तारमा अपेक्षित सुधार हुन नसकिरहेको बेला नेपाल स्टक एक्सचेञ्जले विभिन्न उपायहरु लगाएर बजारको विकास र विस्तारमा ध्यान दिन थालेको छ ।
यही क्रममा नेप्सेले पूँजीबजारको विषयमा जनचेतना विस्तार र आर्थिक सचेतना वृद्धिको उद्देश्यले टुरिजम बोर्डको सिको गर्दै ‘भिजिट नेप्से’ कार्यक्रम संचालनको घोषणा गरेको छ ।
टुरिजम बोर्डले समेत पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम भिजिट नेपाल घोषणा यसअघि नै गरिसकेको छ ।





