काठमाडौँ । नेपाल राष्ट्र बैंकको निर्देशनमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । लघुवित्तको सञ्चालक समितिको भदौ ३० गते बसेको बैंठकले कूल १५.७९% लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपश्चात कार्तिक ५ गतेको बैठकले संशोधन गरी १५ प्रतिशत मात्र दिने प्रस्ताव गरेको हो ।
संस्थाको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर सहित ५ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।








