नेप्सेमा ४० कम्पनीले बुझाए नविकरण शुल्क, आजदेखि बढ्ला त शेयर कारोबार ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा ४० कम्पनीले बुझाए नविकरण शुल्क, आजदेखि बढ्ला त शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४० कम्पनीले आफ्नो कम्पनी नविकरण गराएका छन्।

असोज मसान्तसम्म वार्षिक शुल्क नबुझाएको भन्दै नेप्सेले कारोबार रोक्का गरेपछि उनीहरुले कम्पनी नविकरण गरेका हुन्।

नविकरण गरेसँगै शेयर कारोबार पनि सुरु भएको छ।

आर्थिक वर्ष सकिएपछि नेप्सेमा सुचिकृत हरेक कम्पनीले आफ्नो कम्पनी नविकरण गर्नुपर्छ।

त्यसको लागि तीन महिनाको समयसिमा थियो। तर, समय सिमामा पनि नविकरण नगरेपछि असोज मसान्तपछि नेप्सेले कारोबारनै रोक्का गरिदिएको थियो।

नेप्सेले गत हप्ता नविकरण नगरेका कम्पनीको सुची नै सार्वजनिक गरेको थियो।

 

Read More