काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने मंगलबार (कात्तिक ५ गते) अन्तिम दिन हो । कम्पनीले असोज २८ गतेबाट सर्वसाधरण समूहको ५६ हजार ५६१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । सोमबार कम्पनीको प्रतिकित्ता ७ सय ३ रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले यसअघि साउन २१ गतेदेखि भदौ २३ गतेसम्म ११ लाख ४ हजार ५७५ कित्ता (१००%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ५६ हजार ५६१ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर अब लिलामीमा प्रक्रियामा ल्याएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।




