३० प्रतिशत हकप्रद जारी गर्न शिखर इन्स्योरेन्सले माग्यो बोर्डसँग अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
३० प्रतिशत हकप्रद जारी गर्न शिखर इन्स्योरेन्सले माग्यो बोर्डसँग अनुमति

कात्तिक ४, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हकप्रद निष्कासनको अनुमति माग्दै कम्पनीले असोज २८ गते निवेदन दिएको हो । 

बोर्डको अनुमति पाएमा कम्पनीले १ बराबर शून्य दशमलव ३ को अनुपातमा रू. ३१ करोड ७१ लाख ९३ हजार २०० बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद विक्री गर्नका लागि विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार छ । हकप्रद पश्चात रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुग्नेछ । बीमा समितिको निर्देशन बमोजिम यस अघि नै कम्पनीले तोके बमोजिमको चुक्तापूँजी कायम गरिसकेको छ ।  
 

Read More