काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज बीच सम्झौता भएको छ । सम्झौताअनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५०० क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३०० क्यास ब्याक प्राप्त गर्न सकिन्छ ।








