बैंकिङ क्षेत्रकाे जाेखिम व्यवस्थापन गर्न आर्टिफिसियल इन्टेलिजेन्स सेवा सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ क्षेत्रकाे जाेखिम व्यवस्थापन गर्न आर्टिफिसियल इन्टेलिजेन्स सेवा सुरु

काठमाडौं – लगातार ह्याकरको निसानामा पर्दै आएका मुलुकका बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन गर्न नयाँ प्रविधिको सुरुवात भएको छ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अमेरिकी कम्पनी सिथोसले मुलुकका बैंकिङ क्षेत्रलाई लक्षित गरेर आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ सेवा सञ्चालन गर्ने जानकारी दिएको हो।

सो अवसरमा सिथोसका अध्यक्ष खगेन्द्र जिसीले हाल प्रविधि अभावमा बैंक तथा वित्तीय संस्थाको काम सुस्त र अपारदर्शी नभएकाले हामीले आर्टिफिसियल इन्टेलिजेन्स नेपालमा सुरु गरेको बताए। उनले भने, ‘यो प्रविधिको सहयोगले मुलुकको बैंकिङ प्रणालीमा जोखिम व्यवस्थापन, ग्राहकको पहिचान, कर्जा मूल्यांकनलगायतमा सहयोग पुग्छ।’

यो प्रणालीको प्रयोग गर्दा औठा छाप, आवाज, तस्बिर, सन्देश, फोनमार्फत सम्बन्धित व्यक्तिको पहिचान हुने भएकाले बैंकिङ कारोबार सहज हुने उनले बताए।

त्यसैगरी बैकिङ क्षेत्रको नियमन र सम्भावित ठगीलाई पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताए। यो प्रविधिको प्रयोगले एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटी लगायत क्षेत्रमा खर्च कम हुने उनले दाबी गरे।

Read More
  • MBL - below news