पुँजी बजारको यस्तो हालत हुँदा पनि किन केही गर्दैन सरकार ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पुँजी बजारको यस्तो हालत हुँदा पनि किन केही गर्दैन सरकार ?

 
काठमाडौं : पुँजी बजारमा निराशा देखिएको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत ह्वात्तै खुम्चिएको छ । बजार निरन्तर ओरालो लागिरहेको छ । नेप्सेमात्र घटेको होइन । बजारमा अत्यन्तै न्यून परिमाणमा कारोबार हुन थाल्नुले सकारात्मक संकेत देखाएको छैन । अर्थतन्त्रको ऐनाका रुपमा लिइने पुँजी बजार शिथिल बनिसक्दा पनि सरकार कत्ति पनि गम्भीर देखिएको छैन । चरम वियरिस समयमा समेत कारोबार रकम यस्तरी खुम्चिएको थिएन । कम्पनीहरुका भाउ घटबढ स्वभाविक हुन सक्छ ।

नेप्से सूचक पनि घट्नु ठूला कुरा होइन । तर दैनिक कारोबार रकम निरन्तर खस्किएर १० करोड हाराहारीमा सीमित हुनु समग्र पुँजी बजारका लागि निकै सोचनीय विषय बनेको छ । यो पक्कै पनि शुभ संकेत होइन । यसले पुँजी बजार मात्र होइन, समग्र अर्थतन्त्रमै समस्या आउन सक्ने संकेत गरिरहेको छ । यसर्थ, अब अर्थमन्त्री मात्र होइन, स्वयं प्रधानमन्त्रीले यसमा ध्यान दिन जरुरी छ ।
 
पुँजी बजार अहिलेको अवस्थामा आइपुग्नुले निजी क्षेत्र कत्ति पनि खुशी छैन । उनीहरु लगानी गर्न चाहिरहेका छैनन् । सरकारका नीति र कार्यक्रम लगानीमैत्री छैन् भन्ने स्पष्ट सन्देश दिएको छ । एकोहोरो करमात्र असुल्ने सरकारी रणनीतिका कारण पुँजी पलायनको गम्भीर संकेत देखिएको छ । घरजग्गा व्यवसायमा मन्दी छ । सेयर बजार यसरी सुस्त भएको छ । उद्योगधन्दा फस्टाउन सकेका छैनन् । अनि, कहाँ गयो त पुँजी ? सरकारले खोजी गर्ने बेला आएको छ ।

Read More