नेपाल स्टक एक्सचेञ्जबाट गत आर्थिक वर्षमा मार्जिन कारोबार गर्ने अनुमति पाएका २१ ब्रोकर कम्पनीहरुमध्ये ८ वटा ब्रोकर कम्पनीहरुले मात्रै चालु आवका लागि अनुमतिपत्र नविकरण गराएका छन्।
नेपाल स्टक एक्सचेञ्जबाट २१ वटा सदस्य दलाल व्यवसायीहरुले मार्जिन कारोबार अनुमतिपत्र प्राप्त गरेका थिए। सो मध्ये आर्थिक वर्ष २०७६/०७७ का लागि ८ ब्रोकर कम्पनीहरुले मात्र अनुमतिपत्र नविकरण गरेका छन्।
जसमा क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्यूरिटीज, भिजन सेक्युरिटिज कम्पनी, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज र दिपशिखा धितोपत्र कारोबार कम्पनीले मार्जिन कारोबार गर्ने अनुमतिपत्र नविकरण गराएको नेप्सेले जनाएको छ।
मार्जिन कारोबार अनुमति नवीकरण गर्ने सबै ब्रोकरहरुले नेप्सेबाट पहिलो चरणमा गत असार २१ गते अनुमति लिएका थिए। सो पछि अनुमति लिएका सबै ब्रोकर कम्पनीहरुको अनुमति नवीकरण गर्न बाँकी छ ।





