हिमाल दोलखाको आईपीओ अझै सूचीकृत भएन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हिमाल दोलखाको आईपीओ अझै सूचीकृत भएन

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ अझै सूचीकृत भएको छैन । कम्पनीले गत भदौ ५ गते सर्वसाधारण शेयरधनीलाई शेयर बाँडफाँट गरेको थियो । कम्पनीले सर्वसाधारमा कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्कासन गरेकोमा १ लाख ५३ हजार ४४४ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरूलाई बाडफाटपछि बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरेको हो ।

कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । त्यस अवधिमा सर्वसाधारणबाट पूर्ण आवेदन नपरेपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरूलाई समेत साउन २६ गतेदेखि २८ गतेसम्म आईपीओ विक्री गरिएको थियो । 

Read More
  • MBL